Skip to content


के छ खबर, हजुरको अचेल
संबन्ध किन, दुरदुरको अचेल

न राग मिल्छ, न ताल मिल्छ
जीवनको धुन, बेशुरको अचेल

तिर्खालु छैनन, श्रद्दलु छैनन
शिरको उच्च, गजुरको अचेल

रित्तो छ मन, रहर छैन
समय कस्तो, झूरझूरको अचेल

शब्द – मिजास तेम्बे
स्वर- जगदीश समाल
संगीत – चोक गुरुङ
प्रकट (गीति एल्बम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *