ह्दयको चाह कसरी सुनाउ तिमी बाहेक अरुलाई ?
मेटाउ कसो गरि तिमी वाहेक यो तनको प्यासलाई ?
पर्खिरहेको छु तिमी आउने वाटो कुर्दै इच्छा सारा लुकाई
लाजको गहना सदाको निम्ति सुम्पन तिमीलाई
ओठ मेरो सलवलाई रहन्छ अर्कै ओटको निम्ति
आफनै अंगले आफैलाई लगाईरहन्छ काउकुती
सहजै दिनहरु ढल्छ कठिन बनेको छ हरेक राती
यो तनले स्पर्ष चाहन्छ केवल तिम्रो नै छाती
कस्तो प्यास हो यो मेटेर पनि नमेटिने ?
कस्तो कठिनाई हो यो स्पर्ष विना तडपिरहने ?
मनलाई रोकन खोज्न पनि कठिन नै हुने
प्यास विहिन जिवन पनि सार्थकै नहुने
प्रकृतिको शक्तिले बनेको यो प्यास नदेखिने गरि आउछ
तन मन उमंग गरि ह्दयमा हलचल मचाउछ
ओखती धमिझाक्री पनि सवै फिका बन्दछ
यहि प्यासको अगाडी मानव निर्मित संरचना पनि ढल्दछ
प्रकृतिको देन यो गर्नै पर्छ सवले स्वीकार
प्रेमको वाटो हिडनेहरुले पाईदोरहेछ उपहार
प्यास रहिरनेछ जव सम्म रहन्छ यो संसार
मायाको गहिराईमा लुकेर बस्ने छ प्यासी अंलांकार
