Skip to content


विगत एक दशकदेखि हामी तीन भाइ कलाकार मोहन नरसिंह राणा, साहित्यकार दिव्य गिरी र रमेशजङ्ग सिजापतिबीच निकै मीठो सम्बन्ध रहिआएको छ । यो सम्बन्धको सूत्र भाषा, साहित्य र कला नै हो । यो सम्बन्धका कारण हामी तीन भाइले बेलाबेलामा नेपालभित्र तथा नेपाल बाहिर पनि धेरै दिनसम्म सहयात्रा गरिसकेका थियौँ । यस वर्ष पनि पश्चिम नेपालको रमणीय र पर्यटकीय सहर ‘प्राकृत पोखरा’ जाने कार्यक्रम बनायौँ । यसपटक साहित्यकार भाग्यशाली अधिकारी पनि सहयात्रीको रूपमा सहभागी हुनुहुन्थ्यो । यस पटकको यात्राको टोली प्रमुख कवि दिव्य गिरी हुनुहुन्थ्यो । हामी कहीँ पनि जाँदा कार्यक्रमका आधारमा टोली प्रमुख तय गर्छौ । यसो गर्दा समयको वचत, खर्च कम र यात्रामा सहजता मिल्छ ।

हामीले यात्रा तय गर्‍यौँ । प्रसिद्ध गायक जुजुकाजी रञ्जित त्यतिबेला कालीगण्डकी विद्युत् विभागका प्रमुखको आमन्त्रणअनुसार काठमाडौँबाट पोखरा हुँदै सोही दिन राति ११ बजे स्याङ्जा बेलटारीमा बास बस्न पुग्यौँ ।

त्यो भेग हामी चारैजनाका लागि नौलो थियो । कालीगण्डकीको पश्चिमपट्ट िविशाल डाँडा सिधै आएर मिच्लाजस्तो । जुजुकाजीले यस पहाडलाई राक्षस पहाड भन्नुहुँदोरहेछ । भोलिपल्ट १२ बजेसम्म कुनै कार्यक्रम थिएन । संयोगवश प्रमुखको कोठामा कालीगण्डकी परियोजनाका इन्जिनियर राजबहादुर विष्ट आउनुभएको अवसरमा सेती, बेनी र कालीगण्डकीको विचरण गर्ने कार्यक्रम तय भयो । १ बजे त्यहाँ पुग्ने गरी गाडीबाट हामी चार भाइ ई. विष्टको पथनिर्देशनमा त्यसतर्फ बढ्यौँ ।

निश्चित समयमा स्याङ्जास्थित मिर्मी अर्थात् कालीगण्डकी विद्युत् परियोजनाको जलासयमा पुग्यौँ । त्यहाँबाट स्टिमर चढेर स्याङ्जा र गुल्मी जिल्लाको सिमाना बनाएर दक्षिण बगेको कालीगण्डकीको जलासय भएर उत्तरतर्फ सेती-वेणीको गन्तव्यको लागि यात्रा सुरु गयौँ । म प्रायः जल, ताल, तलाउ, खोला, नालामा खेल्न, यात्रा गर्नबाट टाढै रहने व्यक्ति, त्यसैले यात्राको लागि तयार भए पनि कताकता मनमा अप्ठ्यारो लागेको थियो तर केही पछि सजिलो महसुस गर्दै यात्रुहरूसँगै रमाउन पुगेँ । यो यात्रा रमणीय र मनोरञ्जनका साथै नेपालको प्रकृतिको विचरण थियो ।

कालीगण्डकी विचरण गर्ने यात्रीले गण्डकी शब्दको उत्पति व्युत्पति बुझ्नु सुनमा सुगन्ध हुन्छ । हिमवत्खण्ड पुराणमा पार्वतीको शरीरबाट निस्केको पसिनाबाट उत्पन्न भएका सातवटा नदीहरूमा सबभन्दा पहिले गण्ड ऋषिले स्नान गरेको हुनाले गण्ड ऋषिको नामबाट उक्त नदीको गण्डकी वा सप्तगण्डकी नाम रहेको उल्लेख छ । यत्रयत्र च मत्स्वेदविन्दुः पतिव्यति द्विज

तत्र तत्र नदी मूर्तिद्वारा सत्वरगामिनी ।।

सप्तधारा भविष्यन्ति ता मे जानीठि मूर्तिकाः ।

तास्ते नाम्ना भविष्यन्तु प्राक् स्नानत्ति मुनेसदा ।।

गण्डेनादौ हि संस्नानं गण्डकीति वदिष्यति ।

लोकाश्य सप्त गण्डकयो वदिष्यन्तीति सन्ततम् ।।

हे ब्राहृमण Û जहाँजहाँ मेरो पसिनाको थोपा खस्नेछ, त्यहाँत्यहाँ छिटो हिँड्ने नदीको मूर्तिद्वारा सात धारा भएर प्रकट हुनेछन्, तिनलाई मेरैमूर्ति जान । त्यहाँ तिमीले सबभन्दा पहिले स्थान गरेको हुनाले हे मुनि, ती नदीहरू सधैँ तिम्रै नामबाट प्रसिद्ध हुनेछन् । गण्डले पहिले स्थान गरेको हुनाले, ‘गण्डकी’ र ‘सात गण्डकी’ समेत भनेर लोकले निरन्तर तिनको नाम राख्नेछन् -योगी, २०१३ सं. ९७. ने ९६) गण्डकी माहात्म्यमा भगवान् विष्णुको गण्ड -गाला) बाट उत्पन्न भएको हुनाले यी नदीको गण्डकी नाम रहेको उल्लेख छ-

यस्तै विष्णुको गण्ड -गाला) बाट उत्पन्न भएका कालो र सेता वर्ण भएका कृष्ण-कालीगण्डकी) र शुक्ला -सेती गण्डकी) नाम गरेका दुई श्रेष्ठ नदीहरू छन् भन्ने कुरा वेदमा पनि उल्लेख छ । -अधिकारी, २०५५ः५६) -गण्डकीप्रसवण क्षेत्रका तीर्थस्थलहरूको विश्लेषणात्मक अध्ययन, जगमान गुरुङ २०६१) ।

यहाँ हामीले विचरण गरेको कालो वर्ण भएको कृष्ण अर्थात् कालीगण्डकी श्रेष्ठ नदीको यात्राको संस्मरण हो । हिमवत्खण्ड पुराणमा सप्तगण्डकीमा सात धारालाई त्रिशूली-धर्मधारा, बूढीगण्डकी-यशोधारा, दरौंदी-विश्वधारा, मस्र्याङ्दी-सितप्रथावादी-रत्न धारा, सेती-सुवणर्ाभा र कालीगण्डकीलाई-तृष्णा भाख्या भनिएको छ । सप्तगण्डकीमा सप्त धारालाई सप्तमातृकाको स्वरूप मानिएको छ जसमध्ये कालीगण्डकी शास्त्रीय भाषामा तृष्णा भाख्य, मातृका, गङ्गाको गणना हुँदैन । रात्रिग्रामका प्रभावले गर्दा गण्डकी सधैँ सबै ठाउँमा प्राप्त गर्न योग्य छन् ।

पश्चिम-उत्तरतिरबाट बगेर कालीगण्डकीको उद्गमस्थल मुस्ताङको मनशेल पर्वत, कोरेला भञ्ज्याङ र दामोदर हिमाल चाहिँ समुद्रको सतहबाट क्रमशः४४७६, ४४०० र ६५०१ मिटरको उचाइमा अवस्थित छन् । दामोदर हिमालको काखमा स्थित शालिग्रामी दामोदर कुण्ड चाहिँ समुद्रको सतहबाट ५०००मिटरको उचाइमा छ ।

कालीगण्डकी नदीको विचरण गर्ने क्रममा मिर्मीबाट सेती बेनी गन्तव्य बनाएर हिँडेका थियौँ । कालीगण्डकी नदीमा स्टिमरबोट चढेर मिर्मीबाट हिँडेको करिब ४० मिनेट जतिमा त्यसैबाट छ किमी दूरीस्थित सेती-… पुग्यौँ । स्टिमर बोटले स्याङ्जा, गुल्मी, पर्वत जिल्लाका त्यस भेगका जनतालाई कार्तिकदेखि वैशाख जेठसम्म आवाज-जावत गर्न निकै सजिलो गरिदिएको रहेछ । कालीगण्डकी विद्युत् परियोजनाको प्रारम्भ भएपछि तीन जिल्ला धवलागिरिको पर्वत जिल्ला, उत्तरतर्फ गण्डकी अञ्चलको स्याङ्जा पूर्वतर्फ र लुम्बिनी अञ्चलको गुल्मी जिल्लाको संगमस्थल कालीगण्डकी र सेती नदीको दोभान भएकोले यस स्थान सेती-बेनी भएको रहेछ । यो क्षेत्र धार्मिक स्थलको रूपमा प्रसिद्ध छ ।

गण्डकी प्रसवण क्षेत्रका मुक्तिक्षेत्र, रुरुक्षेत्र, हरिहरक्षेत्र, त्रिवेणीक्षेत्र र हरिक्षेत्रजस्तै शालीग्रामी कालीगण्डकीका काकवेणी, म्याग्दीवेणी, मोदीवेणी, सेती वेणी र रुद्रवेणी यी पञ्चवेणी महìवपूर्ण छन् । गण्डकी क्षेत्रमा धार्मिक एवं सांस्कृतिक मर्यादा र परम्परालाई संरक्षण गर्ने प्रयत्न जरुरी छ । यी पञ्चवेणीमध्ये एकावेणी, सेतीवेणी हाम्रो यात्रा कालीगण्डकी विचरणको गन्तव्य हो ।

सेती-वेणी-पर्वत जिल्लाको दक्षिणी सिमानामा सेतीवेणी अवस्थित छ । धुवाँकोटको डाँडाबाट निस्केर उत्तर-पूर्वतिरबाट बग्दै आएर यो खोला कालीगण्डकी नदीमा मिसिन्छ । सेती नदी र कालीगण्डकीको दोभानलाई सेतीवेणी भनिएको पाइन्छ । कालीगण्डकीको पूर्व किनारामा एउटा विशाल शिला अवस्थित छ । त्यो शिलामा दैनिक पूजा हुने कुरा पं. मुकुन्दप्रसाद रिजालबाट जानकारी पाएँ । यो शिला सामान्य घर जत्रो छ । स्थानीयवासी जसलाई लौकिक दैवीशक्ति भएको शिला मान्दारहेछन् । यसलाई शालिग्रामको रूपमा पनि मानिएको रहेछ । यस धार्मिक स्थलमा विशेषतः वैशाख, कार्तिक र माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्दोरहेछ ।

झण्डै ७० वर्षका स्थानीय पण्डित रिजालको भनाइमा वि.सं. २०१८ सालतिर यो विराट शिलालाई छोपेर कालीगण्डकीमा ठूलो बाढी आएको थियो । त्यसपछि त्यति ठूलो बाढी कालीगण्डकीमा आएको छैन । यसवर्ष चाहिँ बाढीले विराट शिला वरपरका फलामे बारबेर बगाएको देखाएर झन् छिटै जीर्णोद्वार हुनुपर्ने माग गरे । हामी साथ रहेका इन्जिनियर राजबहादुर विष्टसँग पनि यस विषयमा परियोजनामा कुरा भइ सकेको बताए ।

इन्जिनियर विष्टले चिनेका स्थानीय केही व्यक्तिसँग शालिग्राम किन्न खोज्दा लोग्नेस्वास्नीले आँखाआँखाले साङ्केतिक भाषामा कुरा गरे । श्रीमती चाहिँ भएको दिउँदिउँ गर्दै लोग्नेलाई सोध्ने र लोग्ने चाहिँले छैनछैन भनेपछि हिँड्यौँ । अनि पर्वत जिल्लापट्ट िचिया खानको लागि । संयोगवश चिया खान पसेको चिया पसल्नी थिइन् बहिनी नैना पौडेल, जो+२ मा व्यवस्थापन पढ्दै रहिछिन् । त्यहाँ पनि शालिग्राम किन खोज्दा हेर्न सकिन्छ, किन्न पाइँदैन भनियो । पूजा गर्न राखेका थालीभरि देख्यौँ शालीग्राम हेर्नमा चित्त बुझायौँ फक्यौर्ँ गन्तव्यतर्फ नैना बहिनीले पकाएको मिठो चिया पिएर ।

मिर्मीतर्फ र्फकर्नक्रम अघि स्याङ्जा र गुल्मी जोड्ने कालीगण्डकी नदीको झोलुङ्गेपुलमा ठूलोदारको भैँसी नाकमा नत्थी लगाएर चार जनाले मुस्किलले डोर्‍याइरहेका थिए । पुलको बीचमा हामी पुग्दा पुल बेसमारी हल्लेपछि हामी डरायौँ र फर्किएर उतै गयौँ र भैँसीलाई पार हुन दियौँ ।

स्टिमर बोटबाट मिर्मी र्फकंदा पानी बगेतर्फ नै हामी पनि जाने भएकाले अलि छिटो भएको थियो । र्फकंदाखेरी स्टिमरबोट चलाउने चालक युवक लाटा थिए । हामीलाई जोखिमजस्तो लाग्यो बालक युवक लाटो देखेपछि तर उसले संयमतापूर्वक दुवैतर्फको भारवहनलाई सन्तुलन मिलाउँथ्यो, हात हल्लाउँदै आˆना सहायकहरूलाई समय-समयमा सचेत गराउँथ्यो । यसरी हामी यात्रुलाई गन्तव्यमा पुर्‍याए । सहजरूपमा जिल्ला बानसेनतर्फका युवायुवतीसमेत गरी करिब ५० यात्रु र सामान थिए ।

५० जना यात्रुबीच बोलचाल क्रममा भाषाभाषीकाका भेदहरू निकै पाइयो । सेती-बेनीको यात्रा तुरेर मिर्मी फर्केर चिया खान पुग्यौँ सुवेदी थरका साहूँजीको पसलमा । उनी र विष्ट सर बीचको पुरानो चिनाजानी हुँदा निकै रोचक-घोचक पाराले हामीबीच ख्यालठट्टा भयो ।

यसैगरी हामी र्फकनेक्रममा एउटा चराले उड्दाउड्दै कालीगण्डकी नदीमा माछा उप|mेको बेलामा यस्तो किसिमले माछालाई गाँज्यो त्यस्तो दृश्य कमै देखिन्छ, अद्भूत लाग्यो ।

यसरी पूर्व कार्यक्रम अनुसार हामीलाई कालीगण्डकीको ड्याम साइडको अवलोकन त्यहाँका कर्मचारीद्वारा गराइयो । यहाँको निर्माण र उत्पादन क्रिया सबै स्वचालित मेसिनहरू र अत्याधुनिक ढङ्गबाट भएका रहेछन् ।

यसैक्रममा सहयात्रीहरू सबैले ड्यामको दक्षिणतिर शिला खोज्यौँ । कालीगण्डकीको वगरमा करिब ४५ मिनेट जति काला चिल्ला शिला फेला पार्‍यौँ तर तीमध्ये कुनै पनि शालिग्राम नभएको थाहा भयो ।

यसै साँझ यस परियोजनाका प्रमुख जुजुकाजी रञ्जितले हामीलाई कालीगण्डकी विद्युत्को पावर हाउस देखाउनुभयो । साह्रै उच्चस्तरको प्रविधि, नेपालकै चालु ठूलो योजनामध्येको ठूलो योजना । यसरी हामीलाई कालीगण्डकी विचरण गर्ने र विराट शालिग्राम दर्शनको शुभ अवसर मिलाइदिने गायक जुजुकाजी रञ्जितलाई हामीले धन्यवाद दियौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *