थाहा छैन तर! कसैले तिम्रो मन पढे झैँ लाग्दैछ,
किन हो आजकाल हामी बिचको दुरी बढे झैँ लाग्दैछ ।।
मेरो केही भन्नु थ्यो तिमीलाई, तिम्रो पनि सुन्नु थ्यो मलाई
तर आज ती कुरा मनभित्र कतै सडे झैँ लाग्दैछ !
कुरा कस्ता तिम्रा अचेल !
मात्तिएका, पात्तिएका, छिल्लिएका, जिल्लिएका
त्यसैले त तिमीमा बेशुमार नशा चढे झैँ लाग्दैछ !
एक आपसमा संका उपसंका घरी-घरी गरिरने बराबरी,
शायद त्यसैले कताकता विस्वासको पर्खाल लडे झैँ लाग्दैछ !
आवेग हैन कुनै, न त बिस्मत नै हो! तर पनि,
दुख्-ने गरी मुटुमा मायारुपी काँडो गडे झैँ लाग्दैछ !
पुस्कल पौडेल (–––प्रतिक)
