कहाँ सुक्छ सधैँ बग्ने जरूवाको पानी
जरूवा झैँ रसिला छन यी आँखाका नानी ।
रारा फेवा आँखाभित्रै बोकेको छु मैले
मनपोल्दा छचल्किन्छन आफैँ जानी जानी ।
क्षितिज पारि परदेशमा मेरो जिन्दगी छ
सम्झनामा तिमी आउछौ धेरै टाढा भा नि ।
वसन्तको सुवास बोकी यता न आ हावा
छुट्न सक्छ शिशीरसँग रम्ने मेरो बानी ।
बोल्दैन ऊ सुन्दैन ऊ हेर्छ नदेखे झैँ
बिन्ती किन?पत्थरलाई गर्नु देउता ठानी ।
सुख दु:ख दुई किनारा नदी न हो “जीवन”
नदी जस्तै बगिरहे ठान्छु भाग्यमानी ।

SIR EKDAM MAN PARYO HAJUR KO
SIR EKDAM MAN PARYO HAJUR KO GAJAL ….
PRAGATI RA UNNATI KO KAMANA GARDAXU.