आस्था राख्नु पाप हैन, तिमी ‘मूर्ति पुज्दिन’ भन्छ्यौ
म ऋचा को कुरा गर्छु, ‘तिमी वेद बुझ्दिन’ भन्छ्यौ
म चलनको कुरा गर्छु,सानै देखी सिकेको सँस्कार
‘कुरीति हो सिर झुकाउनु, कैले खुट्टा ढोग्दिन’ भन्छ्यौ
समाजमा बाँच्नलाई,मान्नै पर्छ पुरानो सँस्कार
‘जेठाजु नै आए पनि, सिर ढाक्न सक्दिन’ भन्छ्यौ
बाख्रा पाठा कराउदैछन एक भारी घाँस ल्याउ भनेको
‘बरु म त भोकै बस्छु, तर घाँस काट्दिन’ भन्छ्यौ
तोयानाथ पौडेल
सँखुवासभा
हाल मरुभूमि को छाती बाट
