पसिनाले भिजाएको माटो हर्दै रोएँ
गैरीखेत टार्बारीको पाटो हेर्दै रोएँ
अलिकती गुन्द्रुक रैछ पकाउन लाई
कचौरामा आधा जती आँटो हेर्दै रोएँ
बाबा आमा अगेनाको छेउ छाउ थिए
टोपि माथि पसीनाको टाटो हेर्दै रोएँ
खाली खुट्टा हिऊ पानी कठै मेरा बाबा
ठेस लागि बस्दै गाको खाटो हेर्दै रोएँ
यौटी बैनी बिहे गरी परायाकी भैछन्
उन्ले लाका थोत्रे लुगा फाटो हेर्दै रोएँ
पाली माथि बारेको थ्यो मकाएछ सबै
धमिराले खाएको त्यो भाटो हेर्दै रोएँ
तोयानाथ पौडेल
सँखुवासभा – तामाफोक
हाल – मरुभुमी को छाती बाट

साहित्यिक अभिवादन !
साहित्यिक अभिवादन !
तोयानाथ जि !
तपाईंको वजन्दार गजलहरु यस मझेरि मार्फत पढ्न पाउँदा खुब आनन्द लाग्छ । मेरो ठम्याइ यदी सहि हो भने ” हामी धनकुटामा संगै अध्ययन गरेका थियौं ।” धन्यवाद !
शुभचिन्तक:
hangpal
सलाम सर
तपई ले बिर्सनु भएको रहेनछ खुसी लाग्यो सर