Skip to content

छुट्टी जाँदा को अनुभव

पसिनाले भिजाएको माटो हर्दै रोएँ
गैरीखेत टार्बारीको पाटो हेर्दै रोएँ

अलिकती गुन्द्रुक रैछ पकाउन लाई
कचौरामा आधा जती आँटो हेर्दै रोएँ

बाबा आमा अगेनाको छेउ छाउ थिए
टोपि माथि पसीनाको टाटो हेर्दै रोएँ

खाली खुट्टा हिऊ पानी कठै मेरा बाबा
ठेस लागि बस्दै गाको खाटो हेर्दै रोएँ

यौटी बैनी बिहे गरी परायाकी भैछन्
उन्ले लाका थोत्रे लुगा फाटो हेर्दै रोएँ

पाली माथि बारेको थ्यो मकाएछ सबै
धमिराले खाएको त्यो भाटो हेर्दै रोएँ

तोयानाथ पौडेल
सँखुवासभा – तामाफोक
हाल – मरुभुमी को छाती बाट

2 thoughts on “छुट्टी जाँदा को अनुभव”

  1. साहित्यिक अभिवादन !
    साहित्यिक अभिवादन !
    तोयानाथ जि !
    तपाईंको वजन्दार गजलहरु यस मझेरि मार्फत पढ्न पाउँदा खुब आनन्द लाग्छ । मेरो ठम्याइ यदी सहि हो भने ” हामी धनकुटामा संगै अध्ययन गरेका थियौं ।” धन्यवाद !
    शुभचिन्तक:
    hangpal

    1. तोयानाथ पौडेल

      सलाम सर
      तपई ले बिर्सनु भएको रहेनछ खुसी लाग्यो सर

Leave a Reply

Your email address will not be published. Required fields are marked *