Skip to content

आफनै हासो पनि विर्से छु

picture-3231

वियोगको पिडाले भौतारिदा भौतारिदै
आफनै हासो पनि विर्से छु
वैगुनीको वैगुनमय छायामा हिडदा हिडदै
आफनै संसार पनि अन्तै पो छोडेछु

सुन्दर संसार बनाउने सपना बुन्दा बुन्दै
आफनै संसारलाई भुलेछु
मायाको संसारमा खेल्ने आश गर्दा गर्दै
निराश र विछोडको दुनियामा पुगेछु

कथाको असल पात्र बन्ने चाहाना लिदा लिदै
एकलो पात्र पो बन्न पुगेछु
मायाको सागरमा पौडिन खोज्दा खोज्दै
आफनै संसार पो डुवाए छु

उनको मायामा प्रितको भाव खोज्दा खोज्दै
आफै अभावमा बाचेको छु
यौवनकालको एकलो यात्रा हिडदा हिडदै
मातापिताको पनि साथ गुमाएको छु

नदेखीने मायाको छाहरीमा बस्दै बस्दै
उठनै नसकने गरि निदाएको छु
निजी स्वार्थ र मोहका लागि कुर्दा कुर्दै
वाल्यपन देखी जोगाएको लक्ष्यलाई टुक्रयाएको छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *