कुरा शान्तिको
खेती युद्धको
कमाई डलरमा
क्या धन्दा छ तिम्रो !
आफ्नै घरमा आगो लगाई
लडे नि हाम्रा आफनै भन्दै
शान्तिको गीत गाउने
गोही आँसु देखाएर
मागी मागी दुनियासँग
डलरको ओछ्यान लाउने
ढाँटेर देश दुनियालाई
तिम्ले दिने शान्ति राग
बारुदभन्दा कम्ती छैन।
खाटा बरु ठिकै थियो
दुखिराको एउटा घाउ
बारम्बार चिर्दा तिम्ले
निको हुनै पाको छैन।
https://www.facebook.com/mrsureshgautam
