Skip to content

नबिर्सने मायाँ गरेँ


नपिउने त्यो भन्दै पिएँ
कलेजोलाई घात गरेँ
माया भन्दै रुनु पर्यो
परेलीलाई घात गरेँ
जुनेलीमा शित थापेँ
आकाशलाई घात गरेँ

नहिड्ने त्यो बाटो हिंडे
बाटोलाई नै घात गरेँ
मेरो त्यो चोखो मायाँ
मायालुलाई घात गरेँ

आँशु बग्यो त्रिशुली भै
खोलालाई नै घात गरेँ
बिर्सुँ भन्छु त्यो मायालाई
मन यसलाइ नै जाल गरेँ

कल्पना थ्यो जोडी बन्ने
कसमलाइनै मात गरेँ
बिर्सुँ भन्छु निष्ठुरीलाई
न उम्कने जालमा परें

Leave a Reply

Your email address will not be published. Required fields are marked *