Skip to content

सपना पनि कस्तो हाे देखेको
लगभग लाखौ‌ विद्यार्थीले
चालिस वर्षअघिदेखि
होम सर होम सर हाेम सर हाेम सर
भनेको सुन्दा सुन्दा
कानै भरि होम सरमा गुन्जाएको रहेछु
अनि मैले आफै‌लाइ
हाेम सरमा अनुवाद गरेको रहेछु
त्यही सपनामा अहिले कति साथीहरुले
हाेमजी हाेमजी भनेको सुन्दा
हाेमजीतिर रुपान्तरित हुन प्रयत्न गरिहेछु
बेला पनि अब ता भइसक्न लाग्यो
नमानी नमानी पनि
हाेम सरबाट
हाेमजी तिर सर्ने उद्योग गरिरकेको छु ।
सपना पनि कस्तो हो
छक्क परिरहेकाे छु ।

2 thoughts on “सपना”

  1. warning: Creating default
    warning: Creating default object from empty value in /home/majheric/public_html/modules/taxonomy/taxonomy.pages.inc on line 33.

    के कारणले हो यसरी वार्निङ् आएको । के कुरा मिलेन कुरा बुझिपाउँ ।

  2. यो प्राबिधिक समस्या हो । केही
    यो प्राबिधिक समस्या हो । केही दिनपछि मिलाउनेछु । पोस्ट गर्न नमिल्ने त भएको छैन नि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *