भाबीले त निधार दिए
भाग्य आफैं लेख्नु पर्छ
भीर पाखा चिप्लेटीमा
आफैं हेरी टेक्नु पर्छ
डराउनु हुन्न हिड्न
जन्मसँगै मृत्यु हुन्छ
नगलुन् ती हातगोडा
माया पनि नटुटोस है
अभागीको वर्गभित्र
जीवन कहिल्यै नलुटियोस है
डराउनु हुन्न हिड्न
जन्मसँगै मृत्यु हुन्छ
हिमालको हिउँ बग्दा
परेलीमा भेल बग्छ
मायाको त्यो मुटु दुख्दा
यो छातीमा घात हुन्छ
भावीले त निधार दिए
भाग्य आफैं कोर्नु पर्छ
डराउनु हुन्न हिड्न
जन्मसँगै मृत्यु हुन्छ ।

janma sangai mritu huncha
jivan ko bastawik dharatalma tekera lekheko kavita hridaidekhi bolcha atiramro khubsurat kavi le aasman choun.