“हैन आज पनि त्यस्तै खाना खानु पर्ने भो? होइन यो शहरभरि यत्तिका पाँचतारे होटलहरू छन्, कहिलेकाँही त त्यतैतिरबाट पनि ल्याउनु नि!”
राजसी ठाँटबाँटमा ऊ कुर्लियो। ऊसँगैको साथि भने उसको भागमा जे परेको थियो त्यहि चुपचाप खानमा तल्लिन भयो। हातको खाना खाइसकेर उसलाई पेटभरि हेऱ्यो।
“हातमा जे छ त्यहि छिटो खा नत्र भुस्याहाहरूले लैजान्छन्” भन्दै ऊ फर्क्यो फोहोरको डुङ्गुरतिर बचे-खुचेका खानेकुरा अरू खोज्न।
२०७१ जेष्ठ ३० गते

मिति २०७१ लेख्नुपर्ने अन्यथा
मिति २०७१ लेख्नुपर्ने अन्यथा भएको रहेछ । सच्याएँ ।
माग्नेहरूले थोरै पैसा दियो
माग्नेहरूले थोरै पैसा दियो भनेर थर्का’को जस्तै रहेछ 🙂
धन्यवाद सम्पादक ज्यु ।
धन्यवाद सम्पादक ज्यु ।