Skip to content

साथीत्व बनाउने विस्वास देउ

Milan

मैले एकहोरीएर हेरी रहे,
तीनले पनि मधुर मुस्कान ओठमा लिदै
मलाई कर्के नजरले हेरीरहे
तीनको नजरमा मैले हेर्न थाले
तीनको नजरमा चोखो प्यार पाए
त्यही नजरको गहिराईमा आफै हराए

त्यो नजरको गहिराइर्ले ह्दयलाई छोएछ
ह्दयमा बस्ने सानो ठाउ पो मागेछ
त्यो तन होईन मलाई मधुर मुस्कान देउ
दुई हातको स्पर्ष होईन साथीत्व बनाउने विस्वास देउ
यी हात अरुकै नाम भए पनि नजर भरीको प्यार लेउ
मायाले भरिएको ह्दय भरिको संसार लेउ

तिमीले देखेका हातहरु अरुकै भए
यो तन अरुकै धन भए
तिम्रै लागि भनिएको सिउदो पनि अरुकै भए
यी पाईलाहरु पनि तिम्रो बस्तिलाई छोडेर गए
फेरी पनि यो मनले जीवनसाथी नभए साथी बनाउन आतुर छ
चोटले भरिएको त्यो ह्दयको गित सुन्न यो गम्भिर छ

विवश थियो यो पाईला तिमीदेखी टाढा हुदा
मरितुल्य भएको थियो जीवन छुटिएर बस्नुपर्दा
चोटैचोटले भरिएको ह्दयमा प्रेमको सृजना खोज्न थाले
तिम्रो प्रेमका नासोलाई दुखको साथीत्व भनि ह्दयमा सजाईरहे
आज तिमी संगको भेटमा साथीत्वको जलन साटन देउ
जिवनसाथी नभए पनि साथी बनाउने विस्वास देउ
तिम्रो पाउमा यो तन चढाएको थियो
तिमी खेल्छौ भनि यो जीवन समर्पण गरेको थियो
समयको हुरी चल्यो तिम्रो मेरो वाटो दुई किनार बनायो
तिम्रो मेरो विचको प्रेममा वैरीले पर्खाल लगायो
म विवश भए तिमीबाट चाहदा नचाहदै टाढा पुरायो
वैगुनी झै प्रेमको त्यो खेलमा आफैले तिमीलाई हराएर गयो

छैन मेरो कुनै चाह अव यो नजरको तिरमा
एक साथीत्वको चाहले भरिएको छ
यो तन तिम्रो रहेन यो मनमा तिम्रो बास छ
यो ओटमा तिमीलाई दिने मधुर मुस्कान छ
साथीत्वको साईनोबाट तिम्रो छायामा बसन देउ
रिस त्यगि तिमीवाट साथीत्व बनाउने विस्वास देउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *