Skip to content

म ऊसँग हैरान हैरान भईसके


म ऊसँग हैरान हैरान भईसके ।
उ समाजको तारो बनी सक्यो ।।

म उसलाई, आज घरमा सगाउन भन्छु ।
उ मोबाईलमा पैसा राखिदेउ पो भन्छ ।।
म फखाएर उसलाई पढन जाउ भन्छु ।
उ आज डेटिङ्ग जानुछ मेरो पो भन्छ ।।

म उसलाई परीक्षा नजिक आयो भन्छु ।
उ चोरेर पास गरीहाल्छु नि पो भन्छ ।।
म चोरी नगर ईमान्दार बन्न भन्छु ।
उ गार्डलाई धम्क्याएर ज्यान लिन्छु भन्छ ।।

त्यसो गरे जागीर पाउन गाह्रो छ भन्छु ।
उ, पैसाले जागीर किन्नु पर्छ पो भन्छ ।।
म डक्टर, ईन्जिनियर बन्नुपर्छ भन्छु ।
उ नेता बनी, मन्त्री भए पुग्छ भन्छ ।।

म उसलाई मिहनेत गर्न सिक भन्छु ।
उ जवाना हाम्रो हो ? किन चासो भन्छ ।।
म उसलाई मितवेयी बन्न सिक भन्छु ।
उ झन मेरा साथी धेरै छन् पो भन्छ ।।

म उसलाई सु–संस्कृत हुन सिक भन्छु ।
मदिरा, लागुऔषदको आनन्द सिके भन्छ ।।
उसलाई आक्रोश र रीस गर्न हुदैन भन्छु ।
उ पश्चिमा हावा तातै हुन्छ नि पो भन्छ ।।

म पर्व मरम्परालाई सधै आदर गर भन्छु ।
उ ग्याङ्गफाईट नै यसको समाधान हो भन्छ ।।
म अझै राम्रो बोल्न र बुझ्न सिक भन्छु ।
उ त कराते र छुरी चलाउन सिके भन्छ ।।

म ऊसँग हैरान ह्रैरान भईसके ।
उ समाजको तारो बनी सक्यो ।।

म उसलाई सधै निरोगी बन्न सिक भन्छु ।
उ मुखमा पराग—गुट्का राखी थाहा छ भन्छ ।।
म आफ्नो पूर्खा र वशंको विडो थाम्नभन्छु ।
उ मान्छे कसैको बन्धनमा छ र ? पो भन्छ ।।

म उसलाई जिम्मेदारी बन्न सिक भन्छु ।
उ विबाह पछि सोचौला नि पो भन्छ ।।
म देशको भलाई हुने काम गर्नु पर्छ भन्छु ।
उ स्वार्थ नभएको मान्छे जन्माउ पो भन्छ ।।

म ऊसँग हैरान हैरान भईसके ।
उ समाजको तारो बनी सक्यो ।।

म उसलाई बफादारी बन्नु पर्छ भन्छु ।
उ हिंसा, प्रतिकारको तालीम लिन्छु भन्छ ।।
म धर्म गर्न सिक अनि पलाउछ भन्छु ।
गन्दे झारलाई गोडमेल चाहिन्छ र? भन्छ ।।

म औसी, पूर्णे, पितिृ –श्राद मान्नु पर्छ भन्छु ।
त्यस्तो पूजा – पाठमा बस्ने फुर्सद छैन भन्छ ।।
म उसलाई विदुर बन्न सिक बाबू भन्छु ।
उ धुन्दुकारीको जवाना हो यो पो भन्छ ।।

म ऊसँग हैरान हैरान भईसके ।
उ समाजको तारो बनी सक्यो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *