आमा देख्छु फेसनेबल
बाबु हेर्यो बाङ्गो
छोरा छोरी दुरुस्तै छन्
फोटो कपि नै हो
आमा आउछिन अबेर राती
पाटी धेरै धाउछिन
छोरी उस्तै १२ बजे
ढोका चड्दै हुन्छिन
भट्टी बन्द नभैकन
छोरो फर्कदैन
खाल रित्तो नभैकन
बाबु घर हुन्न
कहाँ बाट ल्याउछन धन
कहाँ के पो गर्छन ?
सुटेड बुटेड नभई हिन्नन
रात दिन सधैं
कस्तो आयो चलन यो
समाज छक्क पार्ने
गाउँ घरका छिमेकीलाई
देख्दै दिक्क लाग्ने
झण्डा बोक्छन छाता ओढी
चर्को स्वरमा भुक्छन
आँफु मात्र जान्ने भन्छन
अरुलाई थुक्छन
कस्तो आयो जमाना यो
कस्तो फेसन आयो
आमा छोरी दुवै देख्दा
आँखा छोप्नु पर्छ
जनवारलाई लाज भई
पुच्छर छोपी हिड्छ
यस्तै देखें यस्तै लेखें
के पो गर्नु मैले !!
===========
