Skip to content

नेपालको ३५ जिल्ला कहिले ७५ जिल्ला बने ?


हामीले विद्यालय पढ्दादेखिनै नेपाल १४ अञ्चल ७५ जिल्ला भनेर पढ्दै आइरहेका हौं । तर वि.सं. २०१७ साल अघि सम्म पनि नेपालमा ७५ जिल्ला नभै ३५ जिल्लामा मात्र सिमित थियो ।

राजा महेन्द्रले वि.सं. २०१७ पुस २० गते राजनीतिक दलहरू माथि प्रतिबन्ध लगाएर देशमा पञ्चायती व्यवस्था लागु गरेको २ महिना पछि अर्थात् वि.सं. २०१८ वैशाख १ गतेका दिन प्रशासनिक दृष्टिले नेपाललाई ७५ जिल्लामा विभाजन गरिएको थियो । यसभन्दा अगाडि ३५ जिल्ला थियो, तिनै ३५ जिल्लाको नाम र त्यसबाट बनेका ७५ जिल्लाको नामाकरण यसप्रकार छः–

वि. सं. २०१८ अघि वि. सं. २०१८ पछि

१. झापा १. झापा
२. इलाम १. इलाम, २. पाँचथर
३. धनकुटा १. धनकुटा, २. संखुवासभा, ३. तेह्रथुम, ४. ताप्लेजुङ्
४. विराटनगर १. मोरङ्, २. सुनसरी
५. सप्तरी १. सप्तरी, २.सिराहा
६. महोत्तरी १. धनुषा, २. महोत्तरी, ३. सर्लाही
७. उदयपुर १. उदयपुर
८. खजहनी १. सिन्धुली
९. वीरगञ्ज १. बारा, २. पर्सा, ३. रौतहट
१०. चिसापानीगढी १. मकवानपुर, २. चितवन
११. भक्तपुर ़ १. भक्तपुर
१२. ललितपुर १. ललितपुर
१३. काठमाडौं १. काठमाडौं
१४. पूर्व १ नम्बर १. काभ्रेपलाञ्चोक, २. सिन्धुपाल्चोक
१५. पूर्व २ नम्बर १. दोलखा, २ रामेछाप
१६. पूर्व ३ नम्बर १. ओखलढुंगा, २. सोलुखुम्बु
१७. पूर्व ४ नम्बर १. भोजपुर, २. खोटाङ्
१८. पश्चिम १ नम्बर १. धादिङ्, २. नुवाकोट, ३. रसुवा
१९. पश्चिम २ नम्बर १. गोरखा
२०. पश्चिम ३ नम्बर १. कास्की, २. लमजुङ्, ३. मनाङ्, ४. तनहुँ
२१. पश्चिम ४ नम्बर १. स्याङ्जा, २. पर्वत
२२. पालिमाझ खण्ड १. कपिलवस्तु, २. नवलपरासी, ३. रुपन्देही
२३. पाल्पा १. पाल्पा
२४. गुल्मी १. अर्घाखाँची, २. गुल्मी
२५. बाग्लुङ् १. बाग्लुङ्, २. मुस्ताङ्, ३ म्याग्दी
२६. दाङ् १. दाङ्
२७. प्यूठान १. प्यूठान
२८. सल्यान १. सल्यान, २. रुकुम, ३. रोल्पा, ४. जाजरकोट
२९. बाँके बर्दिया १. बाँके, २. बर्दिया
३०. दैलेख १. दैलेख, २. सुर्खेत
३१. जुम्ला १. डोल्पा, २. हुम्ला, ३. जुम्ला, ४. मुगु
३२. डोटी १. अछाम, २. बझाङ्, ३. बाजुरा, ४ डोटी
३३. डडेलधुरा १. डडेलधुरा
३४. कैलाली १. कैलाली, २ कञ्चनपुर
३५ बैतडा १. बैतडी, २. दार्चुला ।

trichandra.shrestha@gmail.com

First published: 2014-07-25 23:10:22 +0545

Leave a Reply

Your email address will not be published. Required fields are marked *