Skip to content

शान्तिपाठ (गाइजात्रालाइ समर्पित) ” वेदपाठको शैलीमा पढ्नु पर्ने”


हरि ही ओम
देशै गयो भेसै गयो
सबैतिर भाँडभैलो भयो
राम्रो होला भन्ने केही आसै रहेन
अब फटाहाहरुको भरै भएन ।
यो देशमा हामी जनतालाई
बाउन्न सालदेखि यताहा
सुखशान्तिसँग बस्नै दिएन गरिखानै दिएन ।
परी चरीका लागि एउटा पार्टीेले
सती नगई भएन ।
ओम स्वाहा…….

ओम छेउ शान्ति भित्तो शान्ति
डाँडाहरु शान्ति,
मुन्द्रे शान्ति छुचुन्द्रे शान्ति
मालपोते शान्ति, कर शान्ति
आन्तरिक राजश्व सबै शान्ति
क्रान्तिबाट उब्जेका फटाहाहरु पनि शान्ति
क्रान्तिबाट चन्दामा उठाएको द्रव्यले
पाँचतले भवन बनानेहरु
सबै अबलाई शान्ति
चन्डमुन्डहरु हन्ड भुजदन्ड पर चन्न सबै शान्ति
महिषासुर शान्ति शान्ति रेधि ।

1 thought on “शान्तिपाठ (गाइजात्रालाइ समर्पित) ” वेदपाठको शैलीमा पढ्नु पर्ने””

  1. क्रान्तिबाट उब्जेका फटाहाहरु
    क्रान्तिबाट उब्जेका फटाहाहरु पनि शान्ति
    क्रान्तिबाट चन्दामा उठाएको द्रव्यले

    चन्डमुन्डहरु हन्ड भुजदन्ड पर चन्न सबै शान्ति

    हो त देशका इ सबै शुम्भ, निशुम्भ, रावण, अहिरावण, सबलाइ शान्त बनाउन कल्कि अवतार अाउनै पर्ने भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *