धर्तीभन्दा आकाश सानो बनाएर हुन्न साथी
मलको भारी बालुवामा खनाएर हुन्न साथी
जिन्दगीको मुल बाटोमा नहराई हिड्नु पर्छ
आफ्नो बाटो पराईलाई छ्नाएर हुन्न साथी
सत्यतथ्य नबुझी नै कदम अघि चाल्नु हुन्न
चिलाको ठाउँ छोडी अन्तै कनाएर हुन्न साथी
आफ्नो भाग्य परिश्रम र पसिनामा खोज्नु पर्छ
आसै आसमा भाग्य चिट्ठा तनाएर हुन्न साथी
कसैलाई नपिरोलि आफैँ भित्र ईश्वर खोज
नाथे मूर्ति फूलपातिले मनाएर हुन्न साथी
चाँगे – ५, नेसुम
ताप्लेजुङ
हाल: सिङ्गापुर
