लुकाएर राखेँ सधैँभरि
दिल भित्र तिम्रो सम्झनालाई
तस्विर बनाएर
प्रिय मैले व्यक्त गरिन
म तिमीलाई कति प्रेम गर्छु भनेर
जब जब दिक्दारिएर म एक्लिन्थेँ सबैबाट
अनि खोलेर हेर्थेँ फेसबुकमा तिम्रो तस्वीर
एउटा आनन्ददायक एहसास
तिम्रो मोहक मुस्कानबाट
म विर्सिन्थेँ यो दुनियाँ
अनि घण्टौँसम्म म हेरिरहन्थेँ तिम्रो तस्विर
प्रिय हो मैले कुनै लाईक गरिन
कुनै कमेन्ट गरिन
किनकि लाईक र कमेन्टमा सीमित थिएन मेरो माया
बस चुपचाप गरेँ तिमीसँग
एउटा मौन प्रेम
तर जब आज फेरि एक पटक तिमीलाई हेर्ने चाहना भयो
खोलेँ फेसबुक भेटिन तिमीलाई कतै
घण्टौसम्म फेसबुकका भित्ताहरूमा
चाहारिरहेँ कि देख्छु कि कतै तिम्रो
सिर्फ एक झलक
अनि पो थाहा भयो प्रिय
तिमीले मलाई हानिछौ ब्लक
अब म देख्न पाउने छैन तिम्रो तस्विर
तर पुराना स्मृतिहरूलाई दिल भित्र राखेर
म हर्दम तिम्रो प्रगतिको
अनि उन्नतीको गरिरहनेछु कामना
तिम्रो सफलताको
जसरी आजसम्म गरिरहेँ
किनकि प्रिय
तिम्रो त्यो निर्दोष मुहार
मेरो दिल भित्र बसेको छ
जसरी बस्छ कुनै आकृतिसँग त्यसको छाया
प्रेमको त्यो साया
जीवनको अनन्तकालसम्म
रहनेछ मेरो मुटुमा
तिम्रो त्यही मोहक तस्विर अनि
त्यही निश्चल माया
