Skip to content

पानीबिना नै ताल भो जिन्दगी


पानीबिना नै ताल भो जिन्दगी
यसरी नै बेहाल भो जिन्दगी

मनायौ होला खुशीको उत्सव
मन फुटेको साल भो जिन्दगी

उठाएथे जीवन आस्थासम्म
स्नेह दाउको खाल भो जिन्दगी

मन टुटायौ सम्बन्ध छुटायौ
नजरमा बाच्ने पागल भो जिन्दगी

आशको दियो बचाएथे तनमा
आफैसँग डराउने काल भो जिन्दगी

Leave a Reply

Your email address will not be published. Required fields are marked *