आफ्नै पाईतालाले शिर कुल्चिएर
बेमौसम को बाजा बजाइरहेछन बुख्याँचाहरू
घर अपूर्ण छ, छानो छैन
छोराहरू मतान मेरो, सिकुवा तेरो भनेर पेटभाँडो लगाउदैछन
अफसोच!! आमा कसैका भागमा परिनन् !!
थुक्क .. कपुत हो ..
तिम्री आमालाई कति पश्चाताप लाग्दो हो
तिमीलाई जन्माएकोमा ?
कोही जुठेल्नामा सुङ्गुरको खोर बनाउछु भन्छन !
कोही भडारमा बिरालो पाल्छु भन्छन !
कोही पालीमा बार खोल्छु भन्छन !
कोही कुकुरको सेकुवा बेच्छु भन्छन !
आमालाई सोध्दैनन् कोही ‘म के गरौ’ भनेर !!
कति ठुला भयौ हगि तिमीहरू ?
तर याद राख !
तिमी त हाँगा मात्र हौ जरा त आमा हुन
जरै सुकेपछि के बाँचौला र तिमीहरू
त्यसैले ए बुख्याँचा हो !!
बेमौसम को बाजा बजाउन छोड छातीमा हात राखेर
आमा सम्झेर सोच
के तिमीहरू ठिक छौ ?
तोयानाथ पौडेल
मरुभूमिको छातीबाट
