Skip to content


सँगसँगै थिए-
कम्युनिस्ट घोषणापत्र र श्रीमती थ्याचरको हस्ताक्षर
माओ त्से तुङको फोटो र सन्नी लियोनको पोस्टर
स्टालिनको घोप्टे जुँगा र ट्राटस्कीको जुरेली कपाल
लेनिनको ओभर कोट र खु्रस्चेभको गोप्य डकुमेन्ट ।

झोलाबाहिर
घुमिरहेका थिए जुनकीरीजस्ता लामखुट्टेहरू
झोलाभित्र
छटपटाइरहेका देखिन्थे कलिला ताराहरू
झिलमिल-झिलमिल चम्किरहेको थियो झोला घरीघरी
र, फेरिरहेको थियो आकार अमिबाले झैँ
झोलाभित्र चलमलाइरहेको थियो केही घरीघरी
र, छोडिरहेको थियो बास्ना कुनै धूपको झैँ ।

‘मेरै डेरामा
कहाँबाट आयो यस्तो मायावी झोला ?’
ढोकाभित्रैबाट फुसफुसाएँ म आफँैसँग
तर झोला
अचानक देखिन थाल्यो नृसिंह अवतारजस्तो
र, छिर्न खोज्यो बिस्तारै सँघारभित्र
मैले ढप्काइदिएँ ढोका र चिच्याएँ जोडले-
‘ए ! कसको हो यो औतारी झोला ?’

बाहिरबाट आइरहेको थियो
मसिनो आवाज-
‘कविज्यू,
म लिन आएको थिएँ तपाईंको नयाँ कविता ।’

नेपाल साप्ताहिक अंक: ६०९
२०७१ भाद्र १
Aug 17, 2014

Leave a Reply

Your email address will not be published. Required fields are marked *