Skip to content

योग्यता (लघु कथा)

योग्यता (लघु कथा)

भावना क्षितिज

कार्यकर्ताको तालीको गडगडाहटसंगै नेताजीको आवाज चर्किदै गयो,
‘…भ्रष्टारको अन्त्य म एक्लैले गर्न सक्दिन्, यसका लागि तपाई हामी सबैले हातेमालो गर्नुपर्छ । नातावाद कृपावाद हाम्रो मुख्य समस्या हो । नातावाद कृपावादले नै अहिले देश जरजरबरबरको अवस्थामा पुगेको छ, यसको अन्त्य गर्नु हामी सबैको दायित्व हो । आदरणीय जनसमुदाय, ‘राम्रो भन्दा हाम्रो’ भन्ने प्रवृत्तिले नै योग्य जनशक्ति खेर गइरहेको छ, यसको अन्त्यको लागि कडा भन्दा कडा कानून ल्याउनु पर्छ, त्यस्तालाई ठाउँको ठाउँ समात्नु पर्छ, झेल र नेलले ठोक्नु पर्छ ….’
नेताजीको बारेमा धेरै कुरा सुनेको थिएँ, मेरो रोजाइमा पहिलो नम्बरमा नै पर्थे नेताजी, त्यसमा नेताजीको भाषाण सुनेर उनीप्रति निकै झुकाव भयो ।
एक दिन विहानै उनलाई भेट्ने अभिलाषासाथ उनकै निवास पुगेँ ।
आगनमै थिए, कसैसंग फोनमा कुरा गर्दै, ‘….त्यसको योग्यता ? त्यसको योग्यता म हुँ, त्यो मेरो छोरा हो , त्यो भन्दा ठूलो योग्यता के चाहियो ? हेर्नुहोस् महासय् अरु कुरा थाह छैन, जसरी भएनी त्यो पोष्ट मेरो छोराले नै पाउनु पर्छ …..’
जुन अभिलाषा लिएर नेताजी कहाँ पुगेको थिएँ एकाएक मरेर आयो, सोचेँ, कति महान रहेछन् हाम्रा नेता जी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *