खोइ कहाँ चुडिए जिन्दगीका तारहरू
पत्तोसम्म भएन हराएका सारहरू
हिजोको बाल्यकाल कति धेरै टाढा भए
फर्की कहिले नआउने रे बितेका बारहरू
हिजो त गए आज हुँदै भोलिसँग भेट्नुछ
भेटिएको जिन्दगीलाई थप्नु छ भारहरू
कुनै नौलो भएन जिन्दगीमा धोका खानु
हिंड्नु अँझै बाकी छ खुकुरीको धारहरू
गणेश प्रधान
समाल्बुङ्ग ४ इलाम शान्तिधरा
