उमेरसँगै बितिगए सपनाको छालहरू
टाँग्नसम्म सकिएन टाउको लुकाउने पालहरू
शरदले गृश्म बिर्से वसन्तले शरद
कहाँबाट कता गए दिन महिना सालहरू
घुमिरहेछ सन्सार चलिरहेछ पवन
टाढिरहेछ जिन्दगी नजिकिदै छ कालहरू
दुनियाँ त निश्ठुरी,भगवान पनि के कम
यमराजले नै बुन्दैछ्न रे मलाई लाने जालहरू
