Skip to content

बढ्दै छ याँ आँधीहुरी


बढ्दै छ याँ आँधीहुरी आस्थाहरू ढल्न सक्छ
जानीजानी गल्ती गर्यौ हल्लाहरू चल्न सक्छ

पसिनाले माटो भिजाऊ हातभरि ठेला उठाऊ
तिम्रो त्यही पसिनाले सुनैसुन फल्न सक्छ

संस्कृति र सम्पदालाई पैसासँग बेच्दै छौ रे
छिट्टै धनी बन्न खोज्दा तिम्रो देह जल्न सक्छ

जिन्दगी त्यो अजम्बरी सुन जस्तै छोपि राख्नू
होसियार बनी हिँड्नू समयले छल्न सक्छ

विक्रम नेपाली ‘पवन’

Leave a Reply

Your email address will not be published. Required fields are marked *