Skip to content

सहनै गाह्रो हुदो रैछ


सहनै गाह्रो हुदो रैछ तिमीले
अरुसँग नजर जुदाइरदा
बेचैनी पैदा हुदो रहेछ तिमीले
अरुको हात समाइदिदा
हृदय जलनले तापमय हुन्छ
जब प्रेममय भाव अन्तै मोडदा
तन मन छटपटिन थालिदो रैछ
हृदय टुक्री आँसु भई झर्दा

तिम्रो मेरो प्रेमको कथा अधुरै रह्यो
धन र पद विचमा आइदिदा
आफन्त प्रति पनि सन्देह लाग्न थाले
समाइरहेको हात चटक्कै छोडदा
नाटक गरे झै लाग्छ तिमी
प्रेमको लागि एक एक गरी रोजिरहदा
पीडाको अंश पो रैछ तिम्रेा प्रेम
थाहा पाए आज हृदय आफै जलिरहदा

मायाको खेलमा मैले जानिन कपट देखाउन
तिमीले प्रेममा कपटता देखाइरहदा
सच्चा प्रिय हौ तिमी भन्दै ठानिरहे
हृदयमाथि पटक पटक प्रहार गर्दा
अबुझ बने म तिम्रो प्रेम सामु
एकहोरिएर तिमी प्रति चाह बढाइरहदा
विवशताको बाटो देखाई दियौ तिमी
साथ जब मेरो छोडि दिदा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *