ओठमा मुस्कान थियो तिमी साथ हुँदा
खुशिको लहर थियो संगै एक रात हुदा
रात पनि सानो हुन्थ्यो तिम्रो मेरो बात हुदा
रंगिनमय लाग्थ्यो संसार हामी विच भेटघाट हुदा
मन तंरगित बन्थ्यो जव तिमीले यो तन छुदा
मन वसमा हुदैनथ्यो जव तिमी साथमा बस्दा
कलपनाकै संसार बनाईरहन्थ्ये तिमीले मेरो हात माग्दा
असहय पिडा हुन्थ्यो तिमीले मबाट छुटिएर जादा
तिमी विनाको संसार उदासमय लाग्न थाल्यो
यो मनले खै किन किन त्यो मनलाई खोज्न थाल्यो
कति टाढा भईयौ तिमी छाडेर मलाई एकलो ?
तिमी विना ह्दयमा लागि सके विरहको डढेलो
आसु पुछिदिन्थ्यौ हात समाई म रोएको बेला
त्यो तन साहार बन्थ्यो म निदाउन चाहेको बेला
तिमी विनाको यो घर पनि जेल जस्तो भयो
सपना कलपना पनि आसुको भेल भयो
वर्षौ विति सके त्यो तिम्रो न्यान्यो अंगालोमा बाधन पाईन
तिम्रैवाटो कुरिहरेको छु अरु कसैको भईन
तिमीलाई पर्खि बसेको छ यो माया अरुलाई होईन
यो ह्दयको पुकार हो मेरो कुनै झुठो होईन
फेरी अंगालोमा बाधेर त्यो ओठको मुस्कान फर्काई देउ
यो जोवन तिमै्र हो सदाको लागि सम्हालि देउ
त्यहि रात त्यहि मधुर प्रेम मेरा लागि उपहार ल्याईदेउ
ओठ भरि हासो ह्दय भरि खुशि सदाको लागि सजाईदेउ
