मुर्दा भै आफ्नै काखमा ढलिरहेछ जिवन
उनको यादमा भित्रभित्रै जलिरहेछ जिवन
भाग्य सारा फुटि गयो, सपना सबै टुटि गयो
लक्ष्य बिहिन यात्रि बनि चलिरहेछ जिवन
सबैले साथ तोडि गए, अन्ध्यारोमै छोडि गए
खोज्दै पथ जुनकिरी जस्तै बलिरहेछ जिवन
भन्थे एकदिन मान हुन्छ साथमा भगवान हुन्छ
तर, उसैले भाग्य खोसि छलिरहेछ जिवन
