☆☆☆ आँखाभरि आँशुको ताल बनाएर
हिडिरा’छु जिन्दगीनै बेहाल बनाएर
ढुङ्गा छुदा सुन हुने थियो तिम्रो प्रकृति
आखिर गयौ अर्कैलाई माला-माल बनाएर।।☆☆☆☆
★★ छाडेर गयौ तिमी, यादहरू मात्र छाडेर
जिन्दगीको रंगमञ्चमा एक्लो पात्र छाडेर
हो, त्येहि रंगमञ्चमा जिउनुको नाटक गरिरहेछु
जीवनका रंगिन सपनाहरू सबै अलपत्र छाडेर।।★★
