Skip to content

सर्माउने गरेछु!


आजकाल ऐना हेरी सर्माउने गरेछु
जबदेखि तिम्रो प्रेममा परेछु

साथीभाइ पनि टाढाटाढा हुन थाले
कस्तो एकसुर एकोहोरो भएछु

बादलुको किनार तिम्रो र मेरो प्यार
सङ्गालेर मनभरिका रहर म त हिडेछु

जपेर तिम्रो नाम तिमी नै मेरो प्रान
बुझेर बिधिको विधान हाँसेरै सहेछु

सुन्दर कोमल मन मेरो यो नयनको
बनेर निश्चल पवन मन्द मन्द बहेछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *