Skip to content

बहिरोलाई क्या बात छ


बहिरोलाई क्या बात छ हजुरको
अनि त रेडिमेड जवाफ छ हजुरको

आखिर कसको हो यो रक्तिम विजय
मनाउने पर्ने दबाब छ हजुरको

आफ्नै पुर्खाको रगतले मुछिएको टीका
निधारमा राख रवाफ हजुरको

परिबन्दमा नपार,छाडी देऊ स्वतन्त्र
ठुलो, सानो के आआफ्नै जात छ हजुरको

ढल्ने छन ती अहंकारको धरहरा
रहोस ज्ञात दिनसँगै रात छ हजुरको

Leave a Reply

Your email address will not be published. Required fields are marked *