न रोक्न सकियो जीवन-यात्रा, न फोड्न सकियो पहरा
न फुल्न सकियो काॅडाबीच, न छोड्न सकियो लहरा
पुरा नहुॅदै यात्रा, भव-सागरमा डुङ्गा अल्झिएपछि
न डुब्न सकियो सागरबीच, न भेट्न सकियो किनारा
जहाॅ जहाॅ पाइला टेकेॅ विश्वासमा, त्यहीॅ भास परेपछि
न उठ्न सकियो दलदलबाट, न पाउन सकियो सहारा
आफ्नाबाटै पछिल्तिर लुकी लुकी छुरा धसिएपछि
न बस्न सकियो गुम्सुममा, न पिट्न सकियो नगरा
हिॅड्दा हिॅड्दै गोरेटोमा, नियतीले पहाड् खसाएपछि
न मोड्न सकियो पाउ अन्त, न थाम्न सकियो पहरा
