Skip to content

रूदै होलिन मेरी चेलि, तिहारको बेला
बोकि हातमा मखमलि, तिहारको बेला

चेलि तिम्रो मन भित्र औशिको रात हुॅदा
बाहिर भयो झिलिमिली, तिहारको बेला

पापि रिणले भाईलाई प्रदेशि बनायो
हुर्केका थियौ सॅगै खेलि, तिहारको बेला

देउसे भैले आगनि मा रमाईलो गर्दा
नरूझाए है ति परेलि, तिहारको बेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *