Skip to content

गर्नु गर्यो फेसबुकले, गर्नु सम्म गर्यो
भेट्दै नभेटेकी केटीसंग, लभ मेरो पर्यो

गर्नु गर्यो फेसबुकले गर्नु सम्म गर्यो
मा’को आँखाको पावर बढ्यो
बा’को ब्लड प्रेसर चड्यो

बिहान देखि बेल्कीसम्म
फेसबुकमै ह्यांग भाको
न भातखाको स्वाद आको
न त पत्तो छ दिन गाको

दिदी बहिनी फेसबुकमै
शाली भेना पनि त्याँइ
बाबा आमा कराइ रहन्छे
मलाई चिलाइ न कनाइ

थुप्रै थिइन् केटि साथि
च्याटमा मस्त हुन्थे
चयाउँखुरीको धम्कि आयो
सबलाई ब्लक हान्दे

कस्तो नियम कडा उसको
मेरो पासवर्ड ऊनलाई दिनु पर्ने?
फ्रेन्ड-लिस्टमा केटि देख्यो कि
खोजि निधी गर्ने

अनगन्ती स्ट्याटसहरु उसको
लाइक र कमेन्ट गर्नै पर्ने
नत्र धम्कि आइहाल्छ मोरीको
मलाईनै वालबाट झार्ने

नखाउँ भने दिनभरीको शिकार
लभपरेको ४बर्षा भो
खाउँ भने काँचो पल्टेको परिकार
दुविधामा पो परियो

फोटो एउटा मान्छे अर्कै
नक्कली प्रोफाइल हुन्छन् रे
प्रेसरकुकरमा’नि नपाक्ने हरुले
माया जालमा फसाउँछिन् रे

म पनि त कहाँको कन्ने केटो?
भर्खर ४०पार गर्दै छु
कपालचैं झरेर टुप्पीमा पुगेछ
क्यापले छोपेर घूम्दै छु

गर्नु गर्यो फेसबुकले आमै
गर्नु सम्म गर्यो
ठिटा को हो बुडा को हो
छुट्याउनै गाह्रो पर्यो

गर्नु गर्यो फेसबुकले बाबै
गर्नु सम्म गर्यो
तरुनी को अधबैशे को
माया जालमा पर्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *