बिहान उठ्ने बित्तिकै,
तलतल लाग्छ तिम्रो
जहाँतहीँ जताततै
चाहना हुन्छ तिम्रो ।
मानिसको सहभागिमा
तिम्रो पहिलो स्थान छ
विद्वान्हरूको सभामा
तिम्रो सहर्ष सन्मान हुन्छ ।
मनमा कुरा खेलिरहँदा
अगाडि भएमा आनन्द हुन्छ
हर्षोल्लास र खुसियालीमा
बढी माग तिम्रो हुन्छ ।
जति पटक खाए पनि
फेरि खाऊँ जस्तो
कोही साथी नभए पनि
साथी हुन्छ मेरो ।
खाने कुरा बेलामा नजुटे
भगाउँछौ भोक तिमीले
नाम्लो बोकी हिँड्नेलाई
सहायता दिन्छौँ तिमीले ।
मधुपर्क पुष, २०६५
