खुला साँढे
अहिले ढसमस्स छ साँढे
कसैले चलाउनु हुन्न ।
फुँ गरेर हान्न सक्छ
फुकेकाे खुला साँढेलाई
कसले बाँध्न सक्छ ?
गतिलाे साँढे देखेर
काेही याे उद्याेग नगर
यसलाई
गाडामा कसले छाँदन सक्छ ?
उग्राएकाे छ
लम्पसार परेर मस्त छ
गज गज राल काढेर उग्राउन व्यस्त छ
धेरैतिर सिंगाैरी हानेर
धेरै काेरलीलाई लखेटेर
धेरै बहरलाई पछारेर
अहिले साँढे थरक मार्दै छ
नजिस्क्याउ साँढेलाई
यसले हान्न सक्छ
नजाऊ यसका अघिपछि
सासैले पनि तान्न सक्छ ।
अहिले ढसमस्स छ साँढे ।
कसैले डामेर छाडेकाे साँढेलाई
चलाउनु हुन्न
उसलाई चलाउनुहुन्न ।
First published on : 2014-10-20 16:50:16 +0545
