मनहरू त लेख्न खोज्दैछन
मनहरूलाई मन लगाएर लेख्न लगाउ
मनहरूलाई मन लगाएर पोत्न लगाउ
कलमका मसिहरूले कुचिका रंगहरूले
ती कलिला हातहरूमा
संसार कुँद्ने रहरहरूलाई
मायाँले लेख मायाँले कोर
मायाँलाई लेख्न लगाउ
मायाँलाई कोर्न लगाउ
पोत्न लगाउ मायाँलाई
सिकुवा आँगन मात्र हैन
लिप पोत गर पन्नाहरु
गाइ गोठ भकारी मात्र होइन
छाप्ने गर अक्षरहरु
अलिकति मिठास बाँड
अलिकति ढाडस थप
मन लगाएर होस्टे गर
लेख तिमी लेख पोत- तिमी पोत
भर रंगहरू जीवनका
समुन्द्र -पहाड अनि ति झरनाका
चन्द्र सुर्य अनि त्यो आकाशका
सुन्दरताका ति पानाहरुमा
लेख पोत अनि गाउ तिनलाई
लेख्नेलाई लेख्न देऊ
पोत्नेलाई पोत्न देऊ
तिनले तिम्रै कथा हाल्ने छन्
तिनले तिम्रै गाथा गाउने छन्
बढेका हातहरूले लेख
सिरानी भिज्यो भने त्यसलाई लेख
धुरीमा धुवाँ आएन त्यसलाई लेख
परदेशमा मायालुलाई सम्झनाहरू लेख
परदेशिएका मनहरूमा भावनाहरू जोडेर
दुख: सुखका कथाहरू लेख
बिछोडका गीतहरू लेख
ती मनहरूमा नजिक हुन लेख
परदेशिएका मनहरू एकोहोरिन सक्छन
ती मनहरू बिटुलिन सक्छन
त्यसकारण लेख कथा फेरि फेरि लेख
सुखका कुरा लेख दुख:का कुरा लेख
रोमान्चक अनि ती युद्धका कुराहरू लेख
केही त लेख – जे लेखे पनि
मायाँले लेख मायाँहरूलाई लेख
बुद्ध लेख मलाला लेख
तिम्रा हकका कुरा लेख
रंग भेदका कुरा लेख
आमाहरुका दुख:मेटेर
पन्नाहरुमा मायाका गीतहरु लेख
कर्तव्यको बाटो देखाउने
बा का आदर्शहरु लेख
देश परदेशका गीत लेख
अनि लेख तिम्रा सपनाहरु
अब तिम्रो आफ्नु पनि कथा लेख !!मनहरू त लेख्न खोज्दैछन
मनहरूलाई मन लगाएर लेख्न लगाउ
मनहरूलाई मन लगाएर पोत्न लगाउ
कलमका मसिहरूले कुचिका रंगहरूले
ती कलिला हातहरूमा
संसार कुँद्ने रहरहरूलाई
मायाँले लेख मायाँले कोर
मायाँलाई लेख्न लगाउ
मायाँलाई कोर्न लगाउ
पोत्न लगाउ मायाँलाई
सिकुवा आँगन मात्र हैन
लिप पोत गर पन्नाहरु
गाइ गोठ भकारी मात्र होइन
छाप्ने गर अक्षरहरु
अलिकति मिठास बाँड
अलिकति ढाडस थप
मन लगाएर होस्टे गर
लेख तिमी लेख पोत- तिमी पोत
भर रंगहरू जीवनका
समुन्द्र -पहाड अनि ति झरनाका
चन्द्र सुर्य अनि त्यो आकाशका
सुन्दरताका ति पानाहरुमा
लेख पोत अनि गाउ तिनलाई
लेख्नेलाई लेख्न देऊ
पोत्नेलाई पोत्न देऊ
तिनले तिम्रै कथा हाल्ने छन्
तिनले तिम्रै गाथा गाउने छन्
बढेका हातहरूले लेख
सिरानी भिज्यो भने त्यसलाई लेख
धुरीमा धुवाँ आएन त्यसलाई लेख
परदेशमा मायालुलाई सम्झनाहरू लेख
परदेशिएका मनहरूमा भावनाहरू जोडेर
दुख: सुखका कथाहरू लेख
बिछोडका गीतहरू लेख
ती मनहरूमा नजिक हुन लेख
परदेशिएका मनहरू एकोहोरिन सक्छन
ती मनहरू बिटुलिन सक्छन
त्यसकारण लेख कथा फेरि फेरि लेख
सुखका कुरा लेख दुख:का कुरा लेख
रोमान्चक अनि ती युद्धका कुराहरू लेख
केही त लेख – जे लेखे पनि
मायाँले लेख मायाँहरूलाई लेख
बुद्ध लेख मलाला लेख
तिम्रा हकका कुरा लेख
रंग भेदका कुरा लेख
आमाहरुका दुख:मेटेर
पन्नाहरुमा मायाका गीतहरु लेख
कर्तव्यको बाटो देखाउने
बा का आदर्शहरु लेख
देश परदेशका गीत लेख
अनि लेख तिम्रा सपनाहरु
अब तिम्रो आफ्नु पनि कथा लेख !!
First published: 2014-10-22 00:12:16 +0545
