Skip to content

घर बनाएको भत्काउन हैन


घर बनाएको भत्काउन हैन
बन्दुक बनेको तर्साउन हैन

मन्त्री बनेर पजेरो चढेछौ
नेता चुनेको कमाउन हैन

यो देश रहे पो म रहन्छु आमा
सत्ता आफैंले चलाउन हैन

पहाड पल्टेर छोपिनु पर्ला
नियती हाम्रो सताउन हैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *