Skip to content

गाेष्ठी : देवकोटा स्मारक चन्द्रगढी


बाल कविता प्रतियोगिताको एउटा उच्च स्तरीय आयोजन

यस पालिको देवकोटा जयन्ती झापामा निकै नै स्मरणीय र उत्साहजनक रुपमा सम्पन्न भएको कुरा गर्न पाउँदा मलाई बडो हर्षको अनुभव भएको छ । भर्खरै मात्र झापामा साहित्यिक गतिविधिमा कमी आएको भन्ने आशयको प्रकाशित कान्तिपुरको खबरलाई सधैं नै झापाले लोप्पा खुवाएकै छ तापनि यस पालि झनै लोप्पा खुलाएको अनुभव भएको छ ।

गत एक महिनाका बिचमा काँकरभिट्टा, धुलाबारी, भद्रपुर, चन्द्रगढी, बिर्तामोड, सुरुङ्गा आदि स्थानबाट आधा दर्जन जति पुस्तकहरुको विमोचन भएको खबर थाहा नपाई झापामा साहित्यिक कार्यक्रम नै सुस्ताएको खबर पठपाउने कान्तिपुरका सम्वाददातालाई निम्तो नगरेको निहुँमा यस्तो खबर हालेका हुन् कि भन्ने अनुभव हुन खोज्छ । झापामा साहित्यको चहल पहल देशको राजधानी भन्दा बढी हुने गरेको कुरा स्मरणीय छ । भद्रपुर, चन्द्रगढी, काँकरभिटा आदि क्षेत्रमा देवकोटाको जयन्ती मनाएको प्रसङ्ग कान्तिपुरमा किन देखिएन सोचनीय छ । यसै क्रममा १०६ औं देककोटा जयन्तिको अवसरमा १० फुट अग्लो महाकवि देवकोटाको पुरा कदको शालिक काँकरभिटामा राखिएर देवकोटामा गहिरो श्रद्धासुमन चढाएको छ ।

यसै क्रममा देवकोटा स्मारक चन्दगढीले लक्ष्मीपूजाको अवसरमा आयोजन गरेको बालकवि गोष्ठीमा निम्न बालकविहरु पहिला दोस्रा र तेसा भएका थिए ।

आदित्य भट्टराई– प्रथम
आस्मा शर्मा– द्वितीय
विभश भट्टराई– तृतीय
सृष्टि पौडेल– शान्त्वना

कार्यक्रम चर्चित हास्यव्यङग्यकार तथा कवि कोमलपसाद पोखरेलको मुख्य आतिथ्यता एवम् संस्थाका अध्यक्ष प्रा शंभु ढकालको अध्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार श्री चूडामणि रेग्मी, श्री होम सुवेदी, श्री, शरद निरौला, श्री ताराराज पौडेल, श्री द्रोणकुमार पौडेल, श्री कृष्ण सुवेदी निराकार श्री देवीचरण भण्डारी आदिको उपस्थिति थियो । चन्दगढीको मुना भवनमा खचाखच भरिएको उक्त कार्यक्रममा बीस जना बाल कवि र अन्य केही स्थापित कविहरुले कविता पाठ गर्नु भएको थियो । बालकविहरु १० वर्ष भन्दा तलका थिए । साना कविहरुको काव्यपाठबाट पभावित हुँदै दर्शकहरुले स्वतस्पूmर्त रुपमा कविहरुलाई पुरस्कृत गर्नु भएको थियो ।

First published: 2014-10-28 06:35:02 +0545

Leave a Reply

Your email address will not be published. Required fields are marked *