Skip to content


सागरभन्दा गहिरो सम्बन्ध हाम्रो आज बाफ भै उडेछ
जनम जनमलाई नछुट्ने मायाको डोरी चंगा झै चुडेछ
सागरभन्दा गहिरो……………………..

अनायासै बसेको त्यो चोखो माया गुलाब झैँ फूलेको
ढूकढूकी भित्र एक आर्कलाई लुकाई संसार नै भुलेको
त्यो जोडी देख्दा उत्साहित बनी डाफे मूनाल नाचेको
सागरभन्दा गहिरो……………………..

लेखान्त कस्तो बुझ्न नसकिने हठाथ मौसम बदलियो
मायाले सिंचेको त्यो सुन्दर कोठे बारी भेलमा बहिदियो
छणभरमै निभ्यो त्यो स्नेहको दियो अन्धकार छाइदियो

सागरभन्दा गहिरो सम्बन्ध हाम्रो आज बाफ भै उडेछ
जनाम जनाम नछुट्ने मायाको डोरी चंगा झैँ चुडेछ
सागरभन्दा गहिरो……………………..

Leave a Reply

Your email address will not be published. Required fields are marked *