Skip to content

हार्नुको मज्जामा


हार्नुको मज्जामा, हार खोजिरहेछु
हारपछिको बहार खोजिरहेछु

कति दुख कति सुख स्वतन्त्रताको
हाँस्नु र रुनुको सार खोजिरहेछु

मानवता बोकेर स्वतन्त्र हुनुमा
भोको पेटमा आहार खोजिरहेछु

वजुन सारा जिन्दगी संगीत बनेर
जीवनको धुन बज्ने सितार खोजिरहेछु

हार पछि जीत,संघर्स जीवनको
रेटिएर रेटिन्नको धार खोजिरहेछु

सुन्दर अल्पभाषी

Leave a Reply

Your email address will not be published. Required fields are marked *