Skip to content


लोभी ज्वाइँको जिब्रो पोल्यो तातो घ्युले च्वाम्मै
कुरा लाउने आफन्तलाई सिस्नु पानीझ्याम्मै

डाडु चलाऊ पन्यू चलाऊ, थुतुनो नचलाऊ
घमण्डी र पाखण्डीलाई केहीमा नि नबोलाऊ

सिँढी चढ हिमाल चढ, टाउकोमा नचढ
मुखछाडा मुखालेको घिच्रो समाई मोड

हिरा लगाऊ मोती लगाऊ, धारे हात नलगाउ
भरौटे र कुरौटेलाई कुटी कुटी भगाऊ

गिलाँस तोड सिसा तोड, मन बचन नतोड
पातकीलाई पाता कसी झुन्ड्याएरै छोड

मुरली बजाऊ डम्फु बजाऊ, नाच्नलाई नलजाऊ
डिस्को गर डानस गर, उपद्रो नमच्चाऊ

आँप झार दाँत झार, फाँइफुट्टी नझार
धोखेबाजलाई बिचबजार नाङ्गे झार पार

दाह्री पाल जुङ्गा पाल, शत्रुता नपाल
बित्पातेलाई बाबाजीको बोराभित्र हाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *