आफन्तवाट चोट पाए कहिलै नविर्सने गरि
छिया छिया भयो मुटु कहिलै नजोडने गरि
ह्दयमा फुटयो आसुको मुहान अँसु आखा भरि
जाउ म काहा चोट बोकी बाचौं कसो गरि ?
जिउने साथी बनाए जीवनमा उनलाई विस्वासगरि
मायाको साटो दिएर गईन जलन ह्दय भरि
काहा गायौ प्रिय आज मलाई एकलै छोडी ?
हुन्छ हुन्न अव हाम्रो भेट कहिलै फेरी
समझनामा आउछ अझै मलाई सताउन
हात समाई लैजान्छ चौतारीमा डुलाउन
उनी साहारा बन्न खोज्छ सपना भरि
सपना सम्झी मन रुन्छ आसु आखाभरि
चोखो माया थियो हाम्रो अटल विस्वास
जिवन दुई भए पनि एउटै थियो प्राणरुपी स्वास
प्राण विनाको प्रेम आज भएको छ वेवारीसे लास
प्रेम हाम्रो बनिसके सदा सदाका लगि इतिहास
अतित सम्झि कहिले काहि हासिन्छ
कहिले काही एकलै रोईन्छ
प्राण प्रिय साथीको विछोडमा
यो मन एकलै तडपिन्छ
विछोडको पिडा काहा सवले बुझदछ
प्रेमलाई भन्दा पनि जवानीलाई चिन्दछ
जवनाीको रसमा जीवन नै डुवाइन्छ
प्रेमको सार्थकता खिल्लि झै उडाईन्छ
