Skip to content

प्राण भिज्ने कुरा

नभएकै भए बेश
सत्य छल्ने कुरा
शब्द शब्द बिष छल्काई
मुटु जल्ने कुरा

नभनेरै भन्न मिल्ने
मनोघात का कुरा
पिँजाएर धार टल्काई
मुटु रोप्ने छुरा

नभिजाए कै बेश
चिसा लतपत कुरा
तप्प तप्प आँशु छल्काई
प्राण भिज्ने कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *