मुस्काई दिनु प्रिये सधै भरिनै यसरी
सुखमा दु:खमा पूर्णिमाको जून सरी
साँझमा रातमा
निदरी अनि सपनीमा
हुने छैनौ टाढा कतै सधैलाई नभेट्ने गरी
रहनेछौं समिपमा जून-तारा झै वरी परि
सुखमा दु:खमा
आँशु अनि हाँसोमा
यसरी नै बितोस जीवन विश्वासमा बाँधिएर
अल्मलाए कतै बाटोमा सँगै लानु है डोर्याएर
उक्कलिमा ओरालिमा
भन्ज्यांग अनि चौतारीमा
