Skip to content


आधा जिन्दगी रित्तिइसक्यो भनेर कहिले शोक मनाएँ
अँझै बाँकी रहेछ ठानेर उत्सव मनाएँ
जसरी हेर्यो त्यस्तै देखिन्छ जिन्दगी बल्ल होस पाएँ

उज्यालोले मलाई देख्यो टाढा कतै फूलले मन सजाएँ
अँधेरीमा मितेरी गाँस्यो अनायसै काँडाले बार लगाएँ
जस्तो ठान्यो त्यस्तै भइदिन्छ जिन्दगी बल्ल ज्ञान पाएँ

देखाउन हाँसे कहिले आफूमाथि हाँसे आज होसमा आएँ
कहिले जीत पछ्याएँ कहिले हार सम्हालें अब पो थाहा पाएँ
जसरी चाह्यो त्यसरी भोगिन्छ जिन्दगी बल्ल चाल पाएँ

शब्द – एस्पी कोइराला
स्वर -शान
संगीत – आलोकश्री
एल्बम – उपमा (उपहार -२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *