छट्पटिदै गरेकाे तिम्राे अन्तिम सास
अन्तिम ढुकढुकी, अन्तिम त्याे करूण हेराइ
लाग्थ्याे भनिरहेछ,
तिमी बस, म त गए है माया
किन्तु नभुल्नू ती सब पलहरू, नभुल्नू ती बाचाहरू ।
छट्पटिदै गरेकाे तिम्राे त्याे अन्तिम सास
अन्तिम त्याे ढुकडुकी
देखेर छताछुल्ल भए यी अश्रुकुण्ड
सधैँ कठाेर छु भन्थेँ तर तिम्राे त्याे अन्तिम सासमा
खाेइ किन म ढुङ्गा बन्न सकिन ?
तिम्रा ती हरेक अन्तिम सासमा अर्तनाध थियाे
भगवान सँगकाे हार गुहार थियाे
सधैँ नास्तिक छु भन्थेँ तर तिम्राे अन्तिम त्याे घडीमा
खाेइ किन म नास्तिक बन्न सकिन ?
छट्पटिदै गरेकाे तिम्राे त्याे अन्तिम सास
अन्तिम त्याे ढुकढुकी देखेर पनि
म लाचार छु, म विवश छु
तिम्रा सबै ती घाउहरूले मलार्इ चह्राइरहेछ
तर पनि म विवश छु, लाचार छु
म सधैँ हामी मानव सर्वश्रेष्ठ प्राणी ठान्थेँ
तर
खाेइ किन अाज मलार्इ लागिरहेछ दुर्वल अनि
विज्ञानले गरेका सबै प्रगति मलाई लागिरहेछ सुन्य ।
अन्तिम ढुकढुकी ……
तिम्रा ती टिलपिल टिलपिल अाँखामा
चमक, ज्याेती कतै हराएकाे लाग्याे
सधैँ प्रिय लाग्ने तिम्राे लामा लामा सासहरू
अाज पीडा लागिरहेछ
सधैँ बलियाे रहने सरिर सिथील भइदियाे
अबिरल अाँसु कति बग्याे ? यादै भएन
जुन क्षण नअाअाेस भनी सयाैँ देवी देवता भाकेँ
त्यही क्षण समिप अाएकाे अाभाष पाउदा
धिक्कारेँ सरापेँ अनि फेरि भाकेँ
झिनाे अाश बाँकी नै थियाे, अाश मात्र भयाे
समय अड्कियाे….
सबै पलहरू अाँखा अगाडि नाच्न थाले
हामी दुवैले हिँडेका हरेक गाेरेटा अाए
तिम्रा एक एक मुस्कान, हाँसाे र रूवाइ अाए
अनि अाए याद
जब हामी बाँधिन्थाैँ एक अर्काले, अनि
सुनिन्थ्याे तिम्राे मुटुकाे धड्कन
तर अाज त्याे रहेन
टाढा पुगिसक्याै अाज मदेखि धेरै टाढा
सुन्यता छायाे वरिपरि
समय अड्कियाे
टक्क
अनि मेरा सबै इच्छा अाकांक्षा पनि टक्क अडियाे ।
अाज…….
जति दिनहरू बित्दै गयाे
त्यति टाढा भएजस्ताे लाग्छ मलाई तिमी
भगवानलाई पुकार्न थालेकाे छु अाजभाेलि
सधैँ यही पुकार्छु कि हाम्राे मिलन चाँडाे गराइदेऊ
हाम्राे माया चाेखाे छ, अमर छ ।
सांसारिक मृत्युले हाम्राे माया मार्न सक्दैन
म यही साेँच्छु मृत्युद्वारबाट छिरेर मलार्इ पर्खिरहेछाै मलाई
म पुकार्छु, तिम्राे पर्खाइ नलम्बियाेस
तर पनि जिउदैछु ।
त्यतिबेलाकाे तिम्राे स्पर्ष अाज महसुस हुन्छ
तिम्राे हाँसाे सम्झेर अाज तिमीलार्इ साथ दिन्छु
तिम्राे कपालकाे बास्ना
पल पल क्षण क्षणकाे याद छ मलार्इ
अाज यस्तै यादहरू नै
बन्दैछ मेराे जिउने सहारा ।।।।।।
