निर्मोहीले आखिर रंग देखाएरै छोडी|
घुम्ती लामो भेटेपछि बाटो अन्तै मोडी|
दोबाटोमा छोडीन मलाई
बाचा बन्धन तोडी|
घाँस-दाउरा जादा मेला-पात धाउँदा, बसेको त्यो पिरती
यति धेरै माया गर्थिन मलाई, शंकै जन्मिएन एक रति||
निर्मोहीले आखिर……………..|
दुई कस्तिमा खुट्टा हाली, बगरमा मलाई फाली
मुखमा राम राम बगलीमा छुरा, खेल खेलिन जाली||
निर्मोहीले आखिर रंग देखाएरै छोडी|
घुम्ती लामो भेटेपछि बाटो अन्तै मोडी|
दोबाटोमा छोडीन मलाई
बाचा बन्धन तोडी|
